पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित « Khabarhub

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो । पोखराका लागि आडन रोसिङटनले सर्वाधिक ६५ रन बनाए । ४८ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे । त्यसैगरी, अर्जुन साउदले ५३ बलमा अविजित ४३ रन जोडे । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे ।

बलिङतर्फ चितवनका रिजन ढकाल र सैफ जैबले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चितवनले ६ विकेट गुमाउँदै १२० रन बनायो । चितवनका देव खनालले सर्वाधिक ३५ रन बनाए । ४१ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी, अल्पेस रमजानीले चितवनका लागि ३३ रनको योगदान गरे । २२ बलको सामना गरेका उनले १ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २३ बलमा २३ रन जोडे ।

बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ६ : ३९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।