पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित « Khabarhub

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो । पोखराका लागि आडन रोसिङटनले सर्वाधिक ६५ रन बनाए । ४८ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे । त्यसैगरी, अर्जुन साउदले ५३ बलमा अविजित ४३ रन जोडे । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे ।

बलिङतर्फ चितवनका रिजन ढकाल र सैफ जैबले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चितवनले ६ विकेट गुमाउँदै १२० रन बनायो । चितवनका देव खनालले सर्वाधिक ३५ रन बनाए । ४१ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी, अल्पेस रमजानीले चितवनका लागि ३३ रनको योगदान गरे । २२ बलको सामना गरेका उनले १ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २३ बलमा २३ रन जोडे ।

बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ६ : ३९ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास