आज २०८१ साल पुस २३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २३ गते मंगलबारको राशिफल


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २३ गते मंगलबार तदनुसार सन् २०२५ जनवरी ७ तारिख। पुस शुक्ल पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत तथा गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : चन्द्रमा १२ औं स्थानमा पुगेकाले खर्च बढ्नेछ। अनावश्यक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। विपक्षी साथीले सहयोग गर्ने भएकाले काम गर्ने वातावरण बन्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ।

वृष : दिन सहज छ। नयाँ साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ। राज्यको सेवा गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा थोरै लगानी भए पनि राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : घरभित्र भन्दा बाहिरका व्यक्तिको सहयोग मिल्नेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा देखिने विकल्पबाट मन खुशी हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। दाजुभाइले साथ दिनेछन्। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। बिहान गणेशको भजन सुनेमा दिन सहज बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंह : इज्जत जोगाउन विशेष ख्याल गर्नुपर्ने दिन छ। आम्दानीका दृष्टिले भने दिन सहज छ। राज्यको सेवाबाट सन्तुष्टि मिल्नेछ। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कन्या : चिसोबाट बच्नु राम्रो हुनेछ। विपक्षी तपाईंको सहयोगमा जुटेकाले महत्त्वपूर्ण काम बन्नेछ। निर्णय गर्नुपर्ने समयमा दीर्घकालीन सोच राख्नु राम्रो हुन्छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

तुला : शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ। अन्य क्षेत्रमा भने लगानी नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई समय दिन नसक्दा विवाद बढ्ने जोखिम देखिन्छ।

वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका अंगमा काम गर्नुहुन्छ भने पदोन्नती हुनेछ। धार्मिक व्यक्तिसँगको सहकार्यबाट फाइदा हुनेछ।

धनु : उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। साथीभाइसँगको सहकार्यलाई अगाडि बढाएमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती हुने भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ। प्रेममा ठुलो विश्वास गर्दा घाटा हुने जोखिम रहेको छ।

कुम्भ : मन अशान्त बन्नेछ। आफ्नो कामबाट आफैलाई हिनताबोध हुनेछ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। स्वास्थ्य क्षेत्रमा भने सचेत बन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ। परिवारको तर्फबाट तपाईंको राम्रो रेखदेख हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ११ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०