एमाले केन्द्रीय कमिटी बैठक : तेस्रो दिन पनि ओलीको प्रतिवेदनबारे बोल्दै नेताहरू « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक : तेस्रो दिन पनि ओलीको प्रतिवेदनबारे बोल्दै नेताहरू


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को आठौं केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि ललितपुरको च्यासलमा जारी छ ।

गत आइतबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम नसकिएकाले तेस्रो दिन पनि जारी रहेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सोमबार ६४ जना केन्द्रीय सदस्य, ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले धारणा राखेका थिए । मंगलबार बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन् ।

कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिनाभित्र उल्लेख्य प्रगति गरेको दाबी गर्दै आर्थिक विकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बाहिर हुँदा ३.९ प्रतिशतको आर्थिक वृद्धिदरमा सीमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक ओलीले प्रतिवेदनमा सत्ता सहयात्री कांग्रेसप्रति नरम देखिएका छन् ।

तर ओलीको उक्त प्रतिवेदन र सरकारको नेतृत्वको सवालमा उनीनिकट नेताहरूले नै कडा आलोचना गरेका छन् ।

सरकारको काम प्रभावकारी नभएको भन्दै ओलीनिकट कयौँ नेताले प्रश्न उठाएका छन् । आफूनिकटबाटै प्रश्न आएपछि ओली बैठकमा रक्षात्मक बनेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : ०४ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र