स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन « Khabarhub

स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेल्थ एआई फर अल कन्फ्रेन्स (हाईकन) २०२५ काठमाडौंमा सुरु भएको छ । 

नेपाल सहितका विकासशील देशमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्क (हाइनेट) ले पहिलो कन्फ्रेन्सको आयोजना गरेको हो । 

कन्फ्रेन्समा स्वास्थ्य एआईबारे छलफल तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक पूँजीका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो सत्रमा छलफल हुनेछ ।

त्यसैगरी, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो छ र नेपाल जस्ता देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो सत्र आयोजना हुनेछ । तेस्रो सत्रमा भने स्वास्थ्य एआईको प्रयोग र फाइदाबाट कोही पनि वञ्चित नहोउन् भन्ने विषयमा खुला छलफल हुनेछ ।

 सम्मेलनमा विभिन्न देशका विज्ञले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसका सम्भावना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिन चल्नेछ । 

स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसमाझ पनि पुगोस् भन्ने अभिप्रायले नेपालको अग्रसरतामा हाइनेटको स्थापना भएको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ०७ बजे

चीन–इयूबीचको सम्बन्ध प्रगाढ बनाउन फ्रान्ससँग बेइजिङको आग्रह

बेइजिङ – पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका निभाउनुपर्ने

कोशी प्रदेशः चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता

झापा – कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा