शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने « Khabarhub

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा एकद्वार प्रणालीमार्फत मानवीय सहायता वितरण गर्ने निर्णय गरेको छ । प्रजिअ अर्यालले सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त हुने कम्बललगायतका राहत सामग्री वितरण कार्यलाई वस्तुपरक पारदर्शी, व्यवस्थित र आवश्यकता केन्द्रित बनाउन एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने जानकारी दिए ।

सर्वपक्षीय बैठकले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । जसको सदस्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत सदस्य रहनेछन् ।

त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेपाल रेडक्रम सोसाईटीका सदस्य तथा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष सदस्य रहने गरी क्विक रेस्पोन्स टिम गठन गरेको हो । जिल्लामा विभिन्न निकायसँग हालसम्म दुई हजार ५० थान कम्बल मौज्दात रहेको बताइएको छ ।

नेपाली सेनासँग मौज्दात रहेको छ सय थान कम्बल रहेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले चार सय थान, नेपाल रेडक्रम सोसाइटीले एक सय पाँच थान र नेपाली युवा उद्यमी मञ्चले चार सय थान र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले पाँच सय थान उपलब्ध गराउने बताइएको छ ।

बैठकले शीतलहरबाट बच्नको लागि राहत सामग्री वितरण गर्न चाहने सङ्घ संस्थालाई जिल्ला विपद् व्यवस्थापन र ‘क्विक रेस्पोन्स टिम’ सँग समन्वय गरेर वितरण गर्न अनुरोध गरेको छ ।

बैठकले सङ्घ संस्थारप्रतिष्ठानबाट कम्बल बाहेकका अन्य राहत सामग्रीमा बालबालिकाले प्रयोग गर्ने जुत्ता, टोपी, मोजा अन्य सामग्री उपलब्ध गराउन पनि अनुरोध गरेको छ । बैठकले स्थानीय तहले वितरण गर्ने राहत सामग्रीसमेत ‘क्विक रेस्पोन्स टिम’ लाई जानकारी गराएर मात्र वितरण गर्न सम्बन्धित पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : २१ बजे

युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते

युक्रेन– युक्रेनमा बुधबार भएको रूसी हवाई आक्रमणमा कम्तीमा ६ जनाको

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको