मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित | Khabarhub Khabarhub

मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट – जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलीको छड्के अनुगमन गरेको अनुगमनको क्रममा  मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरू अनुपस्थित रहेका थिए।

उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो आएपछि प्रमुख प्रशासकीय अधिकृत यादव नेतृत्वको टोलीले छड्के अनुगमन गरेका हुन्।

अनुगमनको क्रममा मालपोत अधिकृत चौधरी,नायव सुब्बा राजकिशोर चौधरी,रामजी साह,कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह, प्रवेश हवारी,दीपेन्द्र चौधरी, प्रवीण चौधरी,सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह , सुर्या दहैत अनुपस्थित रहेका थिए।

त्यसैगरी कार्यालय सहयोगी मुनिलाल हजारा, असर प्रसाद यादव, राजकिशोर यादव,चौकीदार श्यामबाबु यादव, तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम अनुपस्थित रहेको प्रशासकिय अधिकृत दीपेन्द्र प्रसाद यादवले बताएका छन्।

अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रशासनका नायब सुब्बा रत्न बहादुर स्याङतान समेतको सहभागिता रहेको अनुगमन टोलीले अनुपस्थित कर्मचारीको हाजिरी काटेको जिल्ला मालपोत कार्यालय बाराका प्रमुख  प्रमुख सालिकराम ढकालले पुष्टी गरेका छन्।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : २१ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान