एलिनाको गुनासो- ‘धोकेबाज’ शब्द सुन्दा आफैंलाई भने झैँ लाग्छ « Khabarhub

एलिनाको गुनासो- ‘धोकेबाज’ शब्द सुन्दा आफैंलाई भने झैँ लाग्छ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालिएको गुनासो गरेकी छन् ।

शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी र दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले यस्तो गुनासो गरेकी हुन् ।

‘धोकेबाज मलाई भनेको कि गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै उनले प्रश्न गरेकी थिइन्। उनले पढ्ने बेला भएकाले प्रेममा नपर्न विद्यार्थीलाई सुझाएकी थिइन्।

यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्।

‘भर्खर भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्।

त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्। यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौ तिमी, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौँ, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधादर्जन गीत गाइन् ।

गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्। एलिना र विष्णुबीच २०८१ वैशाखमा बिहे भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ३२ बजे

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि