एलिनाको गुनासो- ‘धोकेबाज’ शब्द सुन्दा आफैंलाई भने झैँ लाग्छ « Khabarhub

एलिनाको गुनासो- ‘धोकेबाज’ शब्द सुन्दा आफैंलाई भने झैँ लाग्छ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालिएको गुनासो गरेकी छन् ।

शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी र दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले यस्तो गुनासो गरेकी हुन् ।

‘धोकेबाज मलाई भनेको कि गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै उनले प्रश्न गरेकी थिइन्। उनले पढ्ने बेला भएकाले प्रेममा नपर्न विद्यार्थीलाई सुझाएकी थिइन्।

यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्।

‘भर्खर भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्।

त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्। यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौ तिमी, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौँ, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधादर्जन गीत गाइन् ।

गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्। एलिना र विष्णुबीच २०८१ वैशाखमा बिहे भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ३२ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा