रविबारे उपप्रधानमन्त्री सिंहको टिप्पणी- हजार डलरको जागिर छोडेको कि काण्ड गरेर फर्किएको ? « Khabarhub

रविबारे उपप्रधानमन्त्री सिंहको टिप्पणी- हजार डलरको जागिर छोडेको कि काण्ड गरेर फर्किएको ?


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. २९ को वडा कार्यालय भवन उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

‘संविधान जारी गरेको कुरा केही होइन भन्छन् । के गर्दा ठूलो कुरा हुने यहाँ ? काम गर्नेलाई हावादारी गफ गर्नेसँग तुलना गरेर हुन्छ ?’, उनले भने,‘तपाईं-हामीले हो-हल्ला गर्नु पछाडिको नियत के हो ? बुझ्नुपर्‍यो । हो-हल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने ।’

उनले हाल सहकारी मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि कटाक्ष गरेका छन् । ‘विदेशमा कति हजार डलर कमाइरहेको पनि देशमा आएको भनेर भन्छन्’, उनले भने, ‘हजार डलरको जागिर छोडेर आएको कि केही काण्ड गरेपछि फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्‍यो नि !’

उपप्रधानमन्त्री सिंहले राजनीति गर्न असल चरित्र नचाहिने हो ? भन्दै प्रश्न गरे । राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरू अन्तर पनि ठण्डा दिमागले लेखाजोखा गर्न उनले आग्रह गरे ।

सरकार स्थिर होस् भन्ने नागरिकको चाहनाअनुसार कांग्रेस-एमाले मिले उनले बताए । अब अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउन पुसमा ६ वटा अध्यादेश ल्याइएको पनि उनले बताए ।

सिंहले सार्वजनिक जग्गा जनता लागि हुनुपर्ने बताउँदै स्थानीयले उपभोग गर्न पाउने पनि उल्लेख गरे । सरकारले त्यसका लागि काम गरिरहेको बताएका उनले नागरिक तहबाट साथ दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ४३ बजे

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी