बैंकिङ क्षेत्रमा भ्रम छर्नेलाई कारबाही गर्न बैंकर्सहरूको माग  « Khabarhub

बैंकिङ क्षेत्रमा भ्रम छर्नेलाई कारबाही गर्न बैंकर्सहरूको माग 


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ क्षेत्र असुरक्षित छ भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न बैंकर्सहरूले माग गरेका छन् । 

नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको भन्दै आज नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यो विषयमा भ्रम छर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणको रूपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको ब्यहोरा स्पष्ट पार्दछौँ’, संस्थाहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालको बैंकिङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधि भइरहेको भन्दै भ्रामक र गलत अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको संघले जनाएका छन् । साथै, बैंकमा निक्षेपकर्ताहरूको निक्षेप पूर्णरूपमा सुरक्षित भएको भन्दै नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत ५ लाख सम्मको बचत सुरक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘साथै, आम–सर्वसाधारणहरूलाइई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्तिm दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरूलाई आग्रह गर्दछौँ’, बैंकर्सहरूको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ४९ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा