बुटवलमा खुल्यो १२ करोड लगानीको दोस्रो सिद्धार्थ कटेज | Khabarhub Khabarhub

बुटवलमा खुल्यो १२ करोड लगानीको दोस्रो सिद्धार्थ कटेज


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बुटवल- सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’ सञ्चालनमा आएको छ।

उक्त कटेजको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् ।

सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरव भएको बताए ।

कटेजमा हाल रेस्टुरेन्ट र इभेन्ट सेवा प्रदान गर्न सुरु गरिएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको सुविधासहितको योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

यससँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज भएका छन् । ‘यसअघि बुटवलको चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा आइसकेको छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ’, न्यौपानेले भने ।

करिब ३५ कठ्ठा क्षेत्रफल निर्माणाधीन सिद्धार्थ कटेजमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्यु सुविधा उपलब्ध हुनेछ ।

बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए ।

कूल १२ करोड लगानी हुने कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा १०० जनाभन्दा बढीले रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने, बानेश्वर र धोबीघाट र बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ ।

सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, एस् क्याफेलगायत ब्राण्ड सञ्चालनमा छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : २२ बजे

लौका बेचर राम्रो आम्दानी

इलाम – जिल्लाको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर

आजको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

मन्त्रिपरिषद्ले बर्खास्त गर्दा चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान

हेटौंडा – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेट ग्रुप च्याटमा भुलवश

आईपीएल : आशुतोषको शानदार ब्याटिङमा लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

काठमाडौं – आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली