कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोज्यो : माओवादी « Khabarhub

कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोज्यो : माओवादी


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोजेको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथिको छलफलका क्रममा सरकारले प्रक्रिया मिच्न खोजेको आरोप लगाएका हुन् । 

उनले मानवअधिकार समितिबाट सर्वसम्मतले पारित भएको विधेयकमाथि सरकारले सदनलाई नै अन्यौलमा राखेर आफू अनुकूलको कानून बनाउने प्रयास गरेको आरोप लगाए । प्रक्रिया मिच्दै संसद् चलाउने विषयमा माओवादीले आपत्ति जनाएको उनले बताए ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणका क्रममा संसद् नै निर्णायक हुने भएकाले सरकारले विधेयकमाथि छेडखानी गर्न नसक्ने बताए । समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्ने काम सरकारको भएकाले विधेयकमाथि उठेका प्रश्नको जवाफ सरकारले दिने प्रावधान रहेको उनले बताए । बर्तौलाले माओवादीको विरोधका कारण नभई केही प्राविधिक कारणले शुक्रबार उक्त विधेयक निर्णयार्थ प्रस्तुत हुन नसकेको दावी गरे ।

उनले कानून निर्माणमा सत्तापक्ष र विपक्षी एक हुनुपर्ने उल्लेख गरे । बर्तौलाले धारणा राखेपछि माओवादी प्रमुख सचेतक पाण्डेले संसदलाई छलेर कानून बनाउने प्रयास गरेको दोहोर्‍याए ।

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकलाई छलफल गरेर मात्रै निर्णयार्थ प्रस्तुत गर्नुपर्ने माओवादीको अडान पछि सभामुख देवराज घिमिरेले शुक्रबार विधेयकमाथि मन्त्रीको जवाफ र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव कार्यसूचीबाट हटाएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ०९ बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम