त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका « Khabarhub

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले आफूभित्रै बसेर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले सोमबार त्रिपुरेश्वरमा आफूभित्रै रहेको अवस्थामा बसमा आगो लगाएका हुन्।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

चालक लामाले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण खुलिसकेको छैन। प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरैबाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जानकारी दिए।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले घटनाको कारण, बसमा आगजनी गर्नुको परिस्थिति तथा ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ३० बजे

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान

काठमाडौं– नेपालमा सम्पन्न पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन

कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए

काठमाडौं– कुनै बेला केपी शर्मा ओलीका कडा समर्थक कृष्णगोपाल श्रेष्ठ

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २०

रसुवा बाढीबाट प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई