त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका « Khabarhub

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले आफूभित्रै बसेर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले सोमबार त्रिपुरेश्वरमा आफूभित्रै रहेको अवस्थामा बसमा आगो लगाएका हुन्।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

चालक लामाले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण खुलिसकेको छैन। प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरैबाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जानकारी दिए।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले घटनाको कारण, बसमा आगजनी गर्नुको परिस्थिति तथा ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ३० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष