पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ « Khabarhub

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि तीव्र रुपमा काम भइरहेको बताएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि आपतकालीन टेन्डर, बजेट व्यवस्थापन तथा दीर्घकालीन पुनर्निर्माण रणनीतिबारे जानकारी गराएका हुन् ।

उनले कृष्णभीर जस्ता ठाउँमा सामान्य देखिए पनि तलको भाग कटान भएर निकै जटिल पहिरो गएको बताए । प्रधानमन्त्री कार्यालयले असोज ७ गतेसम्म पुनर्निर्माण लागतको विवरण माग गरेकोमा समयअगावै काम सम्पन्न गरी विपद् प्राधिकरणमा विवरण पठाइसकिएको उनले जानकारी दिए । 

मन्त्री लम्सालले सडक, २ वटा वैकल्पिक मार्ग , देशभरका पहिरो र भविष्यका लागि आवश्यक उपकरण व्यवस्थापनसहित ९० अर्ब रुपैयाँको माग गरिएको बताए ।

भवन, खानेपानी, सहरी विकास लगायत सबै क्षेत्रको लागत जोड्दा कुल बजेट करिब १०० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान रहेको उनको भनाइ छ । उनले काम नरोक्नका लागि हाललाई अन्य आयोजनाबाट बजेट कटौती गरेर भए पनि व्यवस्थापन गरिएको बताए ।

मन्त्री लम्सालले हाल सडक सञ्चालन गर्न अस्थायी रूपमा मात्र पहिरो पन्छाइएको भन्दै बाढीले क्षतिग्रस्त बनाएका पुरानै जोखिमयुक्त ठाउँमा फेरि स्थायी सडक नबनाइएको स्पष्ट पारे । 

फास्ट ट्रयाकमा डीपीआर तयार गरी डिजाइन रिभ्यु गरेर ’बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार सुरक्षित ठाउँबाट नयाँ सडक निर्माण गरिने उनले बताए ।

समिति बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूका सडक, ग्रामीण सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापनका पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण र विस्तृत कार्ययोजना तयार गरी पेश गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ३३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका