बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय « Khabarhub

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । उनलाई जिल्ला अदालत खोटाङले शुक्रबार २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले यसअघि गत माघ १३ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो । दाहालको इजलासले राईलाई शुक्रबार २ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको हो ।

परिवर्तित नाम बृत्त नयाँ बानेश्वरको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले मुद्दा अघि बढाएका राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो ।

फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।

त्यसबेला जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर मुद्दाको अन्तिम छिनोफानोका क्रममा राई दोषी ठहर भएर जेल जाने पक्का भएको हो ।

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई प्रहरीले २०८० वैशाख २९ गते नियन्त्रणमा लिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा फाउण्डेशनबाटै राई प्रक्राउ परेपछि उनका समर्थकले विरोध प्रदर्शनसमेत गरेका थिए ।

पक्राउपछि राईमाथि एक जना पीडितले बालयौन दुरुपयोगसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरी दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको थियो ।

कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरूको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले उजुरी दिएको थियो ।

राईलाई प्रहरीले पक्राउ गरेपछि पीडित भनिएका अन्य किशोरीले पनि जाहेरी दिएका थिए । फाउन्डेशनमा राखिएका अरु किशोरीहरूको जाहेरी परेर अनुसन्धान र बयानका क्रममा राईले यौन दुरुपयोग गरेको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : ०६ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक