थन्डरबोल्ट क्लब आहा राराको क्वार्टर फाइनलमा « Khabarhub

थन्डरबोल्ट क्लब आहा राराको क्वार्टर फाइनलमा


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा – भारतको थन्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा पुगेको छ । शुक्रबार भएको चौथो प्रिक्वार्टर फाइनल खेलमा थन्डरबोल्टले संकटालाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनमा स्थान सुरक्षित गरेको हो ।

संकटाले खेलको १७ औं मिनेटमा मनिष पौडेलको गोलबाट अग्रता बनाए पनि ३५औँ मिनेटमा टालाले पेनाल्टीमा गोल गर्दै बराबरी गरे । दोस्रो हाफमा ७७औँ मिनेटमा करण राई र ८९औँ मिनेटमा आदर्श तामाङले गोल गर्दै थन्डरबोल्टलाई जित दिलाए ।

थन्डरबोल्टका प्रशिक्षक सोनाम छिरिङ भुटियाले योजना अनुसार खेल्दा सफलता मिलेको बताए । संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले खेलाडी अभावका कारण कमजोर प्रदर्शन भएको उल्लेख गरे ।

अब थन्डरबोल्टले क्वार्टर फाइनलमा माघ २९ गते उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । शनिबार पहिलो क्वार्टर फाइनलमा ब्रिगेड ब्वाइज क्लब क्लब युके र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : ३० बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई