एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि « Khabarhub

एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।

४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ।

अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म २२५ मत ल्याएका छन्। उता ओली र महासचिव शंकर पोखरेलसहितको साथ पाएका राजकुमार ओझा २०२ मतसहित पछ्याउँदैछन्।

उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले २२८ मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले १८२ मत ल्याएकी छन्।

उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले २३० मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले १८० मत पाएका छन्।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले २३९ मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी १६३ मत पाएका छन्।

अर्कातिर महिला सहसचिवमा संस्थापन पक्षीय शिल्पा निराला कार्कीले २०७ मत पाएकी छन्। उनकी प्रतिद्वन्द्वी उशा झा भने तीन मतले पछाडि छन्। उनले २०४ मत पाएकी छन्। महिला सहसचिव बाहेक सबै पदमा संस्थापन पक्ष पछाडि परेको हो।

अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। आधा भन्दा बढी मत गणना हुँदा विद्रोही समूहको प्यानलले अग्रता कायम राखेको देखिन्छ।

एमालेको जिल्ला अधिवेशन नेताहरूका लागि प्रतिष्ठाको विषय बनेको छ। ढकाललाई एमालेका शीर्ष नेताहरू लागेर कोशी प्रदेश अध्यक्षमा हराएका थिए। उनी घनश्याम खतिवडासँग पराजित भएका थिए।

कुनै बेला ओलीकै संरक्षण पाएका ढकाल कोशी प्रदेशको चुनावपछि किनारा पारिएका थिए। यस्तो अवस्थामा कारबाही गरिएका सागर थापासहितलाई जुटाएर ढकालले एमाले मोरङको चुनावमा आफ्नो प्यानल खडा गरेका थिए। ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि संरक्षण मिलेको बताइन्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५० बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका