मापदण्ड विपरीत सञ्चालित गरुडाका १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन  « Khabarhub

मापदण्ड विपरीत सञ्चालित गरुडाका १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन 


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मदेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले बिहीबार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरूको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । 

गरुडा नगरपालिका–५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा –४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटललगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा नियम विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पतालहरू बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताएका थिए। 

मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न त्यस अघि नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरूलाई लिखित पत्र दिएका थिए । 

मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा अस्पताल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्नेसमेत मुख्यमन्त्री सिंहले चेतावनी दिएका छन् । 

मुख्यमन्त्री सिंहले यस अघि चन्द्रनिगाहपुरस्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ४६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको