बैतडी पुगेर गृहमन्त्रीले लिए शान्तिसुरक्षाबारे जानकारी « Khabarhub

बैतडी पुगेर गृहमन्त्रीले लिए शान्तिसुरक्षाबारे जानकारी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बैतडी– गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका छन् । 

आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 

उनले भने, ‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्ति सुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशनसमेत दिएर जानुभयो ।’

शान्ति सुरक्षा, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् । 

गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरेका छन् । बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए ।
 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ५५ बजे

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक