अंकितको कप्तानीमा पीएम कप खेल्ने कोशीको टिम घोषणा  | Khabarhub Khabarhub

अंकितको कप्तानीमा पीएम कप खेल्ने कोशीको टिम घोषणा 


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ ।

कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

कोशीको टिम: अंकित सुवेदी (कप्तान), सुजन थपलिया, प्रकाश कार्की, सुमन गहतराज, भुपाल लुईंटेल, दिपेश कँडेल, फिर्दोश अन्सारी, चिराग शाह, सकिब हक, श्रवण किस्कु, विपिनकुमार महतो, समिर कार्की, आइस भट्टराई, सोनु अन्सारी र सन्दिप ढुंगाना रहेका छन् ।

टिमको प्रशिक्षकको जिम्मेवारी नेपाली राष्ट्रिय टोलीका पूर्वलेग स्पिनर राजकुमार प्रधानलाई दिइएको छ । 

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुनेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ४१ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु