कडा रोगका बिरामीलाई ८ करोड ६० लाख वितरण गर्दै कोशी सरकार « Khabarhub

कडा रोगका बिरामीलाई ८ करोड ६० लाख वितरण गर्दै कोशी सरकार


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग वितरण गर्ने भएको छ।

प्रदेश सरकारको‌ मन्त्रिपरिषद् बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार यो पटक सहायता वितरण गरेपछि अर्को वर्षदेखि अलग्गै विधिबाट सहयोग गर्ने नीति लिइने बताए ।

त्यस्तै बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ।

त्यस्तै प्रदेशमा आएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालय र अर्का सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै खटाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।

मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्षका लागि विनियोजित रकमको स्रोतगत बाँडफाड गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : ०१ बजे

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन, पेपर लिकविरुद्ध कडा विधेयक ल्याउने मोदीको घोषणा

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतीको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन