मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : सरकार भन्छ, भूमिसम्बन्धी अध्यादेश समयभित्रै सदनबाट पारित हुन्छ « Khabarhub

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : सरकार भन्छ, भूमिसम्बन्धी अध्यादेश समयभित्रै सदनबाट पारित हुन्छ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भूमिसम्बन्धी अध्यादेश समयभित्रै सदनबाट पारित हुने जनाएको छ । 

शुक्रबार सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले दलहरूबीच सहमति कायम गरेर भूमिसम्बन्धी अध्यादेश समयभित्रै सदनबाट पारित हुने बताएका हुन् । उनले भूमिसम्बन्धी अध्यादेश नहराएको जिकिर गरे ।

 सरकारले जारी गरेको ६ मध्ये ५ अध्यादेश संवैधानिक व्यवस्था अनुसार संघीय संसदबाट पारित भइसकेको र भूमिसम्बन्धी अध्यादेश पनि पारित हुने उनले बताए ।

त्यस्तै प्रवक्ता गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत भुलेर हर्कत गरिरहेको टिप्पणी समेत गरे । उनले आफ्नो परिवार, आफ्नो ज्यान, दरबार र राजतन्त्रको रक्षा गर्न नसक्ने राजसंस्थाले देशको रक्षा गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न नसकिने जिकिर गरे । 

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले चालु आर्थिक वर्ष २०८१/८२ को लागि चैते धानको प्रति क्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको जानकारी दिए । 

बैठकले फागुन २६ गतेदेखि चैत ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थिति सम्बन्धी आयोगको ६९औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीको नेतृत्वमा प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको जानकारी सरकारका प्रवक्ता गुरुङले दिए ।  

बैठकले चैत्र २६ र २७ मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अख्तियारका आयुक्त जयबहादुर चन्दलाई स्वीकृत प्रदान गरेको भने प्रधानमन्त्री केपी शर्मा ओलीको मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : ४० बजे

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ