काठमाडौं– ५ वर्ष नेतृत्व सम्हालेर अधिकारीले राष्ट्र बैंक छाड्दै गर्दा मुलुकको अर्थतन्त्र र वित्त व्यवस्था चुनौतीपूर्ण मोडमा छ । व्यवसायीहरुमा निराशा छ । मुलुकमा आहा ! भन्नेखालको स्थिति छैन । व्यक्तिगत रुपमा पनि गर्भनर अधिकारी नक्कली प्रमाणपत्रवाला मुद्दाको ‘ब्यागेज’ बोकेर घर फर्कन लागेका छन् ।
फागुन चौथो साता अर्थात् १८- २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साताकै विन्दुमा आएको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
साताका आर्थिक समाचार
नेप्से समीक्षा : एक दिन बढ्दा साताअघिकै विन्दुमा परिसूचक, कारोबारमा उछाल

फागुन चौथो साता अर्थात् १८- २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साताकै विन्दुमा आएको छ । सातामा पूरा ५ दिन नेप्से कारोबार हुँदा ४ दिन बजार घट्यो भने एक दिन बजार बढ्यो । आइतबारको बढाइले नै नेप्सेको अघिल्लो साताको विन्दुमा नेप्से पुगेको छ । ४ दिन बजार घट्दा पनि समग्रमा नेप्से भने ३.३९ अंकले बढेको छ ।
अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २८१५.०४ विन्दुमा रहेको परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा झिनो अंकले बढेर २८१८.४३ विन्दुमा आएको छ । आइतबारको ७५.२४ अंकको वृद्धिले नै ४ दिन बजार घट्दा पनि नेप्से झिनो अंकले बढ्न सकेको हो ।
नोटमा सही गर्ने ‘एम अधिकारी’ मुद्दाको ‘ब्यागेज’ बोकेर घर जाँदै

नेपाल राष्ट्र बैंकका गभर्नरको पद यस कारण पनि भाग्यमानी मानिन्छ कि उनले एक हजार रुपैयाँदेखि एक रुपैयाँसम्मका सबै नोटमा हस्ताक्षर धस्काउन पाउँछन् । नोटमा सही गर्न पाउने गर्भनर पदीय हिसाबले मात्र होइन, जिम्मेवारीका हिसाबले पनि मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने महत्वपूर्ण व्यक्ति मानिन्छन् । विगत पाँच वर्षदेखि यस्तै महत्वपूर्ण जिम्मेवारीमा रहेका गभर्नर महाप्रसाद अधिकारीको अब नोटमा हस्ताक्षर गर्ने भूमिका लगभग सकिएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा ०७६ चैत २४ गते नियुक्त अधिकारीको कार्यकाल आउँदो चैत २४ गते सकिँदैछ । १३ फागुनमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा जारी गरेका गभर्नरले गर्ने नीतिगत काम अब सकिएका छन् ।
बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रा.लि, ग्रिन गोल्ड इन्टरनेसनल प्रा.लि र बानिया मल्टी प्रोडक्ट प्रा.लिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।
विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटक पटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए।
प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।
आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको गरेको हो ।
नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गरेको छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन्। यथार्थपरक बजेट आउँदा बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ ।
ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले ग्यास उद्योगीको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रति सिलिण्डर ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसाले बढाउने सहमति गरेको हो ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोली र एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल गर्दै ग्यास उद्योगीहरूको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।
प्रतिक्रिया