शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी « Khabarhub

शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी

अर्बौ भित्रने उनको विश्वास


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थ नीतिले विश्वको शेयर कारोबारमा संकट देखिए पनि उनी आफ्नो नीतिमा अडिग रहेका छन्। ट्रम्पले यसले अमेरिकामा १० औँ अर्ब डलर भित्रने दाबी गर्दै राम्रो कुराका लागि समय लाग्ने र केही चुनौती हुने बताएका छन्।

ट्रम्प नीतिले दक्षिण कोरिया र जापानको सेयर बजारलाई एकै पटक असर गरेको छ। सोमबार मार्केट खुला भए पनि जापानको निक्केइ २५ मा १.८ प्रतिशत गिरावट आएको छ भने दक्षिण कोरियाको कोस्पी चार प्रतिशत भन्दा बढी ओरालो लागेको छ।

अमेरिकामा पनि शेयर कारोबार शुक्रबारदेखि नै ओरालो लाग्नेक्रम जारी छ। एयर फोर्स वानका सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले केही कुराको सुधार गर्नका लागि केही संकट सामना गर्ने बताए।

उनले केही समयमा अमेरिकामा रोजगारी र लगानी फिर्ता हुने बताउँदै केही सुधारका लागि नयाँ काम आवश्यक रहने बताए। उनले चीन, युरोपेली युनियन अन्य धेरै देशसँगको व्यापारमा अमेरिकालाई घाटा भएको हुँदा यसलाई सुधार गर्न यो नीति लिएको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३७ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर