आज विश्व स्वास्थ्य दिवस मनाइँदै  « Khabarhub

आज विश्व स्वास्थ्य दिवस मनाइँदै 


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व स्वास्थ्य दिवस, ‘स्वस्थ सुरुवात, समृद्ध भविष्य’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभर मनाइदैछ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओे)को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

स्वस्थ सुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।

यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् । सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो ।

जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रूपमा पनि यस दिवसलाई लिइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : ५९ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,