सहकारी र लघुवित्त पीडितको राष्ट्रपति भवननजिक धर्ना (तस्बिरहरू) « Khabarhub

सहकारी र लघुवित्त पीडितको राष्ट्रपति भवननजिक धर्ना (तस्बिरहरू)


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले राष्ट्रपति भवन नजिक धर्ना दिएका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान(महासंघ)को अनुवाइमा उनीहरूले सोमबार काठमाडौंको शान्तिबाटीकाबाट र्‍यालीसहित राष्ट्रपति भवन नजिक पुगेर धर्ना दिएका हुन् ।

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजे पनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरबाजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : १९ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै