सहकारी र लघुवित्त पीडितको राष्ट्रपति भवननजिक धर्ना (तस्बिरहरू) « Khabarhub

सहकारी र लघुवित्त पीडितको राष्ट्रपति भवननजिक धर्ना (तस्बिरहरू)


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले राष्ट्रपति भवन नजिक धर्ना दिएका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान(महासंघ)को अनुवाइमा उनीहरूले सोमबार काठमाडौंको शान्तिबाटीकाबाट र्‍यालीसहित राष्ट्रपति भवन नजिक पुगेर धर्ना दिएका हुन् ।

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजे पनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरबाजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : १९ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः