कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने « Khabarhub

कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना हुने छ । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमको शुभारम्भ गर्ने नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।

शुभारम्भको आयोजना प्रदेश सरकारले गर्ने छ भने सहकार्य लालीगुराँस नगरपालिकाले गर्ने नगर प्रमुख माबोहाङले बताए ।

पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने नगर प्रमुख माबोहाङले जानकारी दिए ।

‘लोकतन्त्र र पर्यावरण’ विषयक अन्तरसंवादमा राजनीतिक विश्लेषक मुमाराम खनाल, केशव दाहाल, मोहन तिम्सिना, नगर प्रमुख माबोहाङ र कोशी प्रदेशका सचिव विशाल घिमिरेलगायतले सहभागिता जनाउने छन् ।

यस्तै ‘जैविक विविधता, गुँरास र पर्यटन विकास’ विषयक अन्तरसंवादमा लेखक तथा विश्लेषक कमल मादेन, कोशी प्रदेशका पूर्वमन्त्री लक्ष्मण तिवारी, वन अधिकृत विनिता सुवेदीलगायत गुराँस विज्ञहरूले सहभागिता जनाउने छन् । अन्तरसंवाद तेह्रथुमको वसन्तपुरस्थित चोःलुङ पार्कमा हुने छ ।

कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवर्धन र विकासका लागि वि.सं. २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष, २०८२ घोषणा गरेको छ ।

लालीगुराँस नगरपालिका नगर प्रमुख माबोहाङले सूचना जारी गर्दै कार्यक्रममा उपस्थितिका लागि आह्वान गरेका छन् । शुभारम्भ कार्यक्रमको अध्यक्षता प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ३६ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार