आन्दोलित शिक्षकलाई माओवादीको साथ, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग « Khabarhub

आन्दोलित शिक्षकलाई माओवादीको साथ, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संघीय राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षकहरूको पक्षमा उभिन आम नागरिकलाई आह्वान गरेको छ । 

माओवादीले सोमबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकका मागप्रति ऐक्यबद्धता जनाउँदै आम नागरिकलाई आन्दोलनको पक्षमा उभिन आह्वान गरेको हो । 

‘विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन सरकारसँग अपिल गर्दै प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गर्दछौँ ।’

माओवादीले पार्टीका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र असोज १२ गते भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि माग गरेको छ । 

‘सरकार गठन भएको १० महिनासम्म आन्दोलनरत शिक्षकहरूका जायज मागलाई बेवास्ता गरिनु, तर यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत् जारी गर्न सक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद छ,’ विज्ञप्तिमा भनिएको, ‘यसबाट सरकार शिक्षकहरूको मागका बारेमा उदासीन र गैर जिम्मेवार भएको पुष्टि हुन्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : २८ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ