प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान : अध्यक्ष ठाकुर « Khabarhub

प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान : अध्यक्ष ठाकुर


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान रहेको बताएका छन् । 

गणेशमान सिंह पाउन्डेसनले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनले चाक्सीबारीको महत्वबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।  

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा उनले भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदानबारे पनि चर्चा गरे । 

‘चन्द्रशेखरजी आउनुभयो । त्यो समय हामी कहीँ–कतै बैठक गर्न सक्ने अवस्थामा थिएनौँ । चाक्सीबारीमै बैठक गरिएको थियो,’ अध्यक्ष ठाकुरले भने, ‘जहाँबाट डेमोक्रेसीका लागि बिगुल फुकियो । चाक्सीबारीको नाम डेमोक्रेसीका लागि लडेकाहरूका लागि एक तीर्थस्थल समान छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४७ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ