जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ « Khabarhub

जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले खबरहबलाई बताएअनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये अहिलेसम्म चारजना समातिएका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का छन् । उनलाई प्रहरीले चैत १८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।

त्यसैगरी उक्त कम्पनीमा आगो झोस्नेमध्ये अर्का युवक ताप्लेजुङको फुङलिङ नगरपालिका-३ बस्ने सुशील बराल छन् । उनलाई चैत १९ गते समातिएको हो ।

जडीबुटी कम्पनीमा आगो लगाउने अर्का युवकमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ निवासी केशव बस्नेत रहेका छन् ।

पछिल्लो पटक आइतबार सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पनि प्रहरीले उक्त उद्योगमा आगो लगाएको अभियोगमा पक्राउ गरेको छ।

तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेको पाइएको छ।

एसपी जिसीका अनुसार तामाङ ट्राफिक लाइट तोड्द लगाएको टीसर्ट लगाएरै घुमिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उता काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरापालिकाकी ३० वर्षीया एनी कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई तीनकुनेमा राजावादीले आगजनी गर्दा जलेका पत्रकार सुरेश रजकको घरमा शंकास्पद छिरेको पाइएपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ०९ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि