यस्ता छन्, कारागारबाट रवि लामिछानेले दिएका चार सन्देश « Khabarhub

यस्ता छन्, कारागारबाट रवि लामिछानेले दिएका चार सन्देश


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीसम्बद्ध नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।

गोर्खा मिडिया नेट्वर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछानेलाई उच्चअदालत तुलसीपुर बुटवल इजलासबाट थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरी उनलाई हाल भैरहवा कारागार चलान गरिएको छ । कारागारबाट लामिछानेले पार्टी नेता, कार्यकर्ताका नाममा सन्देश प्रवाह गरेका छन् ।

लामिछानेले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन दलसम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस् ।’ लामिछानेले भनेका छन् ।

यो पनि पढ्नुहोस् :

भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो रविलाई, भने- अदालतप्रति सम्मान छ

यस्ता छन् लामिछानेका चार सन्देश

१. अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु । तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।

२. न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशङ्का उठेका र उठाइएका छन्, ती गलत साबित हुन् ।

३. पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस् ।

४. अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : १५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको