योगी आदित्यनाथ गणतन्त्रको पक्षमा छन् : देउवा  « Khabarhub

योगी आदित्यनाथ गणतन्त्रको पक्षमा छन् : देउवा 


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालमा गणतन्त्रकै पक्षमा रहेको दाबी गरेका छन् । 

राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि फागुन २५ गते काठमाडौंमा आयोजना गरेको स्वागत र्‍यालीमा देखिएको तस्बिरको प्रसंग कोट्याउँदै यस्तो दाबी गरेका हुन् । 

काठमाडौंमा राजावादीले आफ्नो तस्बिर पूर्वराजाको स्वागत र्‍यालीमा प्रयोग गरेपछि मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफ्नो ‘लाइन’ प्रष्ट पारेको सभापति देउवाको भनाइ थियो । 

‘आदित्यनाथको फोटो पनि छापियो यहाँ । तर, मलाई के थाहा छ भने आदित्यजीले जो हाम्रो भारतमा दूतावास छ, दूतावासमा गएर झुटा कुरा हो, मेरो कुनै हात छैन । नेपालका जनताले जे चाहन्छन् त्यही हुन्छ,’ गणेशमान फाउन्डेसनले सोमबार आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले दिल्ली दूतावासमा गएर भन्नुभएको हुनाले हामीलाई के लागेको छ भने भारत नेपालसित छ । गणतन्त्रसित छ । प्रजातन्त्रसित छ ।’

यो पनि पढ्नुहोस् :  

राजावादीको जुलुसमा योगी आदित्यनाथको फोटो !

पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका पछाडि भारतको हात रहेको भन्ने आशंकाका प्रति आफूलाई कुनै विश्वास नभएको पनि बताए । ‘कहिलेकाहीँ यस्ता कुराहरू उठी रहन्छन्, मलाई त विश्वास छैन,’ उनले भने, ‘नेपालमा अहिले पूर्वराजा चलमलाउनु भएको छ । भारतको के छ भन्ने हल्ला छ के, हेर्नुस् । कहिलेकाहीँ कुरा उठाउँछन् । भारतले नै उचाल्यो कि क्या हो भन्ने पनि छन् ।’   

फागुन २५ मा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वागत जुलुसमा बोकेका थिए । उक्त तस्बिर प्रदीपविक्रम राणा नामका राजावादीले बोकेको देखिएको थियो । 

उक्त तस्बिरलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ५ : ३८ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख