तीनकुने घटना सरकारको नियोजित षडयन्त्र : राप्रपा नेपाल « Khabarhub

तीनकुने घटना सरकारको नियोजित षडयन्त्र : राप्रपा नेपाल


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले तीनकुने घटना सरकारको नियोजित षडयन्त्र भएको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले चैत १५ गतेको तीनकुने घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयम् लागेको निष्कर्ष निकालेको हो ।

उक्त घटनालाई प्रशासनिक दमनको संज्ञा दिँदै राप्रपा नेपालले उच्चस्तरिय न्यायिक आयोग गठन गरी निष्पक्ष छानविन गर्न माग गरेको छ ।

राप्रपा नेपालले कुनै अराजक गतिविधिमा संलग्न नरहेकाहरूलाई झुठा मुद्दा लगाई थुनामा राखिएको निष्कर्ष निकालेको छ । सबैलाई तत्काल रिहा गर्न समेत राप्रपा नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपा बैठकले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनःस्थापना गर्न डा.जगमान गुरुङको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिलाई पूर्ण रूपले सहयोग र समर्थन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ११ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना