महानगर तलब : बालेन, सुनिता र वडाध्यक्षले पाएनन्, अरू क–कसको बाँकी ? « Khabarhub

महानगर तलब : बालेन, सुनिता र वडाध्यक्षले पाएनन्, अरू क–कसको बाँकी ?


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिको रोकिएको तलब सोमबारबाट भुक्तानी गर्न सुरू गरेको छ ।

तीन महिनादेखि महानगरमा प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा जनप्रतिनिधि र कर्मचारीले तलब पाएका थिएनन् ।

पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावरको १२ तले नक्सा पास गर्नुपर्नेमा १९ तला पास गरेको भन्दै मेयर बालेन्द्र साह (बालेन) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई करिब ४ महिनाअघि कारबाहीको सिफारिस गरेका थिए ।

गुरागाईंलाई काम गर्न नदिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा कर्मचारी र जनप्रतिनिधिको समेत तलब रोकिएको थियो ।

गत बिहीबार कर्मचारी र जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा प्रवेश गराएर हाजिर गराएका थिए । प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न थालेपछि अहिले कर्मचारीहरूको तलब भुक्तानी हुन थालेको छ ।

यद्यपि सबै कर्मचारी र जनप्रतिनिधिले तलब नपाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार कर्मचारी र जनप्रतिनिधिले चरणबद्ध तलब पाउने छन् ।

मेयर बालेन्द्रले समेत तलब प्राप्त गरेका छैनन् । बालेनले मात्र होइन, उममेयर सुनिता डङ्गोलदेखि महानगरका जनप्रतिनिधिको तलब बाँकी रहेको सहायक प्रवक्ता काफ्लेले खबरहबलाई जानकारी दिए ।

‘महानगरमा स्थानीय, करार, शिक्षक र कार्यक्रममा आधारित कर्मचारी छन्’, काफ्ले खबरहबसँग भने, ‘तलब भुक्तानी स्थानीय कर्मचारी र करारका कर्मचारीको मात्र गएको छ ।’

डोर हाजिरी, कार्यक्रमा आधारित कर्मचारीको डकुमेन्ट पूरा गर्नुपर्ने भएकाले उनीहरूको तलब जान बाँकी रहेको काफ्ले जानकारी दिए ।

‘कतिपयको गइसेको छ’, काफ्लेले भने, ‘डकुमेन्ट पनि पेस हुँदैछ यो बुधबारसम्ममा सबैलाई क्लियर गर्नु भनेर आन्तरिक रुपमा सर्कुलर गरेका छौँ ।’

कर्मचारी परिवर्तन नभएको हकमा अघिल्लो महिनालाई आधार मानेर तलब पठाएको र कतिपय ठाउँमा कर्मचारी नै थपघट भएकाले पठाउन ढिला भएको काफ्लेले बताए ।
‘बुधबारसम्म सबैको भुक्तानी हुन्छ, अहिलेसम्म जनप्रतिनिधिको तलब गएको छैन ।’ काफ्लेले भने ।

तलब पठाउनका लागि आइतबार बिदाका दिन र सोमबार अबेरसम्म काम गरिहेको काफ्ले बताउँछन् ।

‘पहिलो प्राथमिकता कर्मचारीलाई दिइएको छ’, काफ्लेले भने, ‘सामान्य समयमा यस्तो धपेडी नपर्ने भएकाले जनप्रतिनिधिको पनि २ दिनभित्र तलब जन्थ्यो, अहिले लामो समयदेखि तलब भुक्तानी बाँकी भएकाले ढिलो भएको हो,’ काफ्ले भन्छन्, ‘जनप्रतिनिधिको भोलि वा पर्सितिर जान्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : १६ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी