होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा « Khabarhub

होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

टोकियो- ‘अनुचित आचरणको आरोप’ लागेपछि होन्डा कम्पनीका कार्यकारी उपप्रमुखले सोमबार राजीनामा दिएका छन् ।

कम्पनीका निर्देशकसमेत रहेका शिन्जी आओयामामाथि लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो ।”

“कम्पनीको व्यवस्थापनमा एक नेताको रूपमा रहेका र मानव अधिकारको सम्मानको लागि एक उदाहरण स्थापित गर्ने विश्वास गरिएका नेतृत्वमाथि सिद्धान्तविपरीत आचरण गरेको आरोप लाग्नु गम्भीर र खेदजनक छ,” विज्ञप्तिमा भनिएको छ ।

फर्मको लेखा परीक्षण समितिले अनुसन्धान गरी घटनाबारे निर्देशकहरूको समितिमा अनुशासनात्मक कार्य योजना प्रस्तुत गरेको थियो । निर्देशकको समितिले उहाँविरूद्धको आरोपबारे निर्णय गर्ने अख्तियार दिइएको थियो ।

अओयामाले समितिले कुनै कदम चाल्नुअघि नै राजीनामा पत्र बुझाएका छन् ।

“कम्पनीको सञ्चालक समितिले आओयामाले आफ्नो पदबाट राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

होन्डाका अध्यक्ष तोशिहिरो मिबेले यस विषयको गम्भीरताका कारण स्वेच्छाले दुई महिनाका लागि आफ्नो मासिक क्षतिपूर्तिको २० प्रतिशत रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

“गलत आचरणका कारण हुने कुनै पनि असुविधाका लागि र यसले सबै सरोकारवालाहरूलाई निम्त्याएको गम्भीर अशान्ति र चिन्ताका लागि कम्पनी क्षमाप्रार्थी छ,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३९ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य