‘नारायण गोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई « Khabarhub

‘नारायण गोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन् । आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले उक्त पुरस्कार मोक्तानलाई प्रदान गरेका हुन् ।

मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट् नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।

उनले नारायण गोपालसँग बिताएका विभिन्न रमाइला पलहरूको बारेमा पुराना यादहरू विभिन्न सांगीतिक यात्रामा बिताएका रमाइला रमाइला किस्साहरू सुनाई दर्शकहरूलाई हँसाएका थिए । उनले नारायण गोपालसँग बिताएका तीता मिठा अनुभवहरू पनि बताए ।

त्यसै गरी कार्यक्रमको बारेमा राष्ट्रिय युवा कोषको बारेमा र यसले गरेका काम कर्तव्यहरूको जानकारी र कार्यक्रमको बारेमा जानकारी सदस्य सचिव डाक्टर विष्णुबहादुर भण्डारी बताएका थिए ।

कार्यक्रमको समापन अध्यक्ष शंकरबहादुर पाण्डेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा नारायण गोपालका गीतहरू रिवाज सिंह, काजल, शाहील एड्रीयन, भीम लिम्बु र मिलन परियारले गाएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ५४ बजे

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल

आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन