सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित « Khabarhub

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी दिने दिनको अन्तिम समयसम्म खड्काको मात्र एकल उम्मेदवारी परेपछी निर्विरोध निर्वाचित भएका हुन् ।

खड्का यसअघिको वाणिज्य संघको निर्वाचनमा लक्ष्मण कंडलेसंग पराजित भएका थिए । खड्का वीरेन्द्रनगरमा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हुन् । अन्य पदाधिकारीमा पनि निर्विरोध चयन गर्ने प्रयास भइरहेका छ ।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको निर्वाचन ६ बैशाख २०८२ मा हुने कार्यतालिका थियो । सुर्खेत उद्योग वाणिज्य संघको यस पटकको चुनाव रोचक बनेको छ । यसअघि प्यानल नै बनाएर चुनाव लड्ने व्यवसायीहरु यसपटक सर्वसम्वत नेतृत्व चयनमा लागेका छन् । २०७९ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेस निकटका कँडेल र खड्का आधिकारिक प्यानल बनाएर चुनाव लडेका थिए । त्यसबेला कँडेलसँग खड्का ४८ मतले पराजित भएका थिए ।

अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष गणेश बस्नेत र महासचिव भद्र भण्डारी आकांक्षी रहेको चर्चा थियो । चुनावको संघारमा पुग्दा दुवै जना पछि हट्दै बस्नेत बरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । बरिष्ठ उपाध्यक्ष पदमै दीपेन्द्र ढकाल, कलाधर उपाध्याय ‘शर्मा’ र प्रेम रावतको उम्मेद्वारी परेको छ ।

महासचिव भण्डारी वाणिज्य उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । सोही पदमा सिंहराज बम र रामप्रसाद पाण्डेको उम्मेद्वारी परेको हो । महिला उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष तारा रावत र कृति गुभाजु शाक्यको उम्मेद्वारी परेको छ ।

उद्योग उपाध्यक्षमा पूर्णप्रसाद जैशी पाण्डे र प्रेम पाण्डेले उम्मेद्वारी दिँदा महासचिव पदमा राजु पाण्डे र ज्ञानेन्द्र विश्वकर्माको उम्मेद्वारी परेको छ । कोषाध्यक्ष पदमा अर्जुनजंग शाही र लक्ष्मण देवकोट तथा उप–महासचिवमा पूर्णप्रसाद अधिकारी,सन्देश रावत र पहलसिंह बस्यालको उम्मेद्वारी परेको छ

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ४० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्