पालुङबाट धरान ल्याएको फूलकोपीमा भेटियो ९७ प्रतिशत विषादी | Khabarhub Khabarhub

पालुङबाट धरान ल्याएको फूलकोपीमा भेटियो ९७ प्रतिशत विषादी

अत्यधिक विषादी भेटिएपछि २४४२ केजी नष्ट



सुनसरी– फलफूल तथा तरकारी व्यापारीहरू उमेश भन्ने सन्तोष ढकाल र लालु चौधरीले धरानका उपभोक्ताका लागि भनेर मकवानपुरको पालुङबाट ल्याएका फूलकोपी (काउली) मंगलबार नष्ट गरिएको छ । 

ढकाल र चौधरीले ट्रकमा लोड गरेर ल्याएका फुलकोपीमा अत्यधिक विषादीको प्रयोग भएको पाइएपछि धरानस्थित कृषि उपज बजार व्यवस्थापन समिति, इलाका प्रशासन, इलाका प्रहरी, नगर प्रहरीको संयुक्त प्रयासमा खुद्रा बजारबाट फिर्ता सङ्कलन गरी नष्ट गरिएको हो ।

फलफूल व्यापारी ढकाल र चौधरीले फूलकोपीको नमूना परीक्षणकालागि कृषि उपज बजारमै रहेको कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा दिएर मंगलबार बिहानै खुद्रा पसल तिर पठाएका थिए ।

विषादी नमुनाको रिपोर्ट नआउँदै तरकारी बजारमा पुर्‍याइसकेका पुगिसकेको थियो । जब रिपोर्ट आयो र प्रयोगशालाले कृषि उपज बजार व्यवस्थापन समितिलाई जानकारी गरायो त्यसपछि बजारमा पुगेको सबै फूलकोपी संकलन गरेर नष्ट गर्नु परेको थियो ।

कृषि उपज बजार व्यवस्थापन समितिका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार ढकाल र चौधरीले पालुङबाट ढुवानी गरेर धरानका उपभोक्ताका लागि ल्याएका २ हजार ४ सय ४२ केजी फूलकोपीमा ९७ दशमलव ४ प्रतिशत सम्म अर्गानोफ्स्फेट नामक विषादी भेटिएकोले नष्ट गरिएको हो । 

उनले भने, ‘कृषि बजारमा आउने फलफूल, खाद्य सामाग्री तरकारीहरू कृषिउपज बजारमै रहेको कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट परीक्षण गरी विक्री वितरण गरिन्छ । तर मंगलबार मापदण्ड भन्दा अधिक विषादीयुक्त फूलकोपी बजार बाटै उठाएर नष्ट गरियो ।’ 

प्रयोगशालाका नायव प्राविधिक सहायक रुपेश रिजालका अनुसार पालुङबाट आएको फूलकोपी परीक्षण गर्दा ९७ दशमलव ४०१४ प्रतिशत विषादी  भेटिएकाले कृषि उपज बजार व्यवस्थापन समितिलाई जानकारी दिइएको थियो ।

उनका अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भएकालाई उपभोग योग्य मानिँदै आएको छ । ३५ प्रतिशत माथि ४५ प्रतिशत केही दिन क्वारेन्टईनमा राखेर बजार पठाउने गरिन्छ । ४५ प्रतिशत भन्दा बढी विषादी पाइएमा तल नष्ट गर्ने नियम भएको उनले बताए । 

उनकाअनुसार पालुङबाट आएको फूलकोपीमा कार्वामेन्ट र अर्गानोफस्पेट समूहको विषादीहरूको मात्र परीक्षण गरिएको हो । रिजालकाअनुसार हेर्दा चिल्लो चिटिक्क परेको फूलकोपीमा बढी विषादी प्रयोग भएको हुन्छ । त्यसैले तरकारी खान भनेर थोक वा खुद्रामा खरिद गर्दा बिचार गरेर मात्र फलफूल तरकारी खरिद गर्नुपर्छ । 

फलफूल तरकारीका अधिकांश उपभोक्तालाई हेर्दा चिल्लो, राम्रो, चकिलो रंग भएको, कतै दाग वा चिरिएको सलक्क परेको फलफूल तरकारी मन पराउँछन् । किसान र व्यापारीले पनि चाडै बिक्री गर्ने ध्येयले अनेक विषादी प्रयोग गरेर उपभोक्ता आकर्षित गर्न सलक्क, चिल्लो बनाउने गर्दा स्वास्थ्यमा खेलबाड हुने रिजालले बताए । 

कृषि उपज बजार व्यवस्थापन समितिकाअनुसार उनीहरूले १ सय ११ झोलामा २ हजार ४ सय ४२ केजी फूलकोपी ल्याएका थिए । ती मध्ये ढकालले ७९ झोलामा १ हजार ५ सय ४० केजी र चौधरीले ३२ झोलामा ९ सय २ केजी ल्याएका थिए । ढकाल र चौधरीले ‘परीक्षणको रिजल्ट नआई बजारमा फूलकोपी पठाएको स्वीकारेका छन् । 

उनीहरूले आफूहरूको करिब डेढ लाख रुपैयाँ घाटा भएको बताए । उनीहरूले पनि पालुङकै अर्कै साह भन्ने एक जना व्यापारीबाट खरिद गरेर ल्याएको बताए । ती व्यापारी साहले पालुङ्गो कुन किसानबाट खरिद गरेको हो त्यसको भने खोजी भइरहेको धरान स्थित कृषि उपजबजार व्यवस्थापन समितिले जनाएको छ ।

पालुङबाट धरानमा दैनिक ३ हजार किलो फूलकोपी ल्याउने गरिएको छ । यसअघि ल्याइएका फूलकोपीमा ३५ प्रतिशत भन्दा कम विषादी पाइएको थियो । बजार व्यवस्थापक भट्टराईले भने, ‘कुन किसानले बढी विषादी प्रयोग गरेको हो त्यो पालुङकै कृषि ज्ञान केन्द्रले पनि खोजी गर्नु जरुरी छ । पालुङबाट धरानमा भन्दा विराटनगरमा पाँच गुणा बढी फूलकोपी ढुवानी हुने गरेको छ ।’ 

उनीहरूले आफूहरूको कुनै दोष भने नभएको दाबी गरेका छन् । उनीहरूले विषादी प्रयोग व्यापारीले नगर्ने र किसानले नै गलत गरेको बताएर पन्छिने प्रयास गरेका छन् । उप महानगरपालिकाका उपप्रमुख अईन्द्रबिक्रम बेघा, धरान–१३ का वडाध्यक्ष नेत्र काफलेले खान अयोग्य र विषादी प्रयोग भएको फलफूल तरकारी बजारमा पुगेको थाहा पाउनासाथ सबै फूलकोपी फिर्ता ल्याएर नष्ट गर्न पहल गरेका थिए ।

प्रयोगशालामा परीक्षण गरेर खान योग्य ठहरिएमा मात्रै त्यस्ता फलफूल तरकारी बजारमा बिक्री गर्न सुझाव दिँदै उपमेयर बेघाले परीक्षण नगरी बिक्री गरेका फलफूल तरकारी नियन्त्रणमा लिइने चेतावनी पनि दिए । 

विषादी बढी प्रयोग भएको फलफूल तरकारी खाएमा सबैभन्दा बढी गर्भवती महिला र गर्भको बच्चामा असर पर्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

गर्भ तुहिने, बच्चा भए पनि कुनै अपाङ्ग हुने, सुस्त मनस्थितिको बच्चा जन्मने, आँखा र छालामा असर पर्ने, वयस्क र प्रौढलाई मानसिक र शारीरिक असर पर्ने भएकाले सचेत हुनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ३४ बजे

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख

साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४

चेन्नई र कोलाकाताको खेलमा बम बिस्फोट गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५७ औं

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले