मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला « Khabarhub

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला आयोजना गरिएको छ । यहाँ असोज एक गतेदेखि एक हप्ताका लागि मेला आयोजना गरिएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

कृषि र पर्यटन प्रवर्द्धनका लागि केन्द्रले बगैँचामा पसेर स्याउ टिप्ने खाने मेला आयोजना गरेको उनले बताए । यहाँ गत वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो । असोज महिनाको पर्यटकीय यामलाई मध्यनजर गरी बर्सेनि यसप्रकारको स्याउ टिप्ने खाने मेला उत्सव सञ्चालन गर्न थालिएएको केन्द्र प्रमुख आत्रेयले बताए ।

“मुक्तिनाथको दर्शन तथा कागबेनीधाममा धार्मिक कर्म गर्न आउने भक्तजन तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यो मेला आयोजना गरिएको हो”, उनले भने ,“यसपटक देशमा उत्पन्न विषम परिस्थितिका कारण पर्यटकको आगमन कम भएकाले विगतमा जस्तो रौनक छैन ।”

यहाँ स्याउ बगैँचामा केन्द्रले तोकेको नियमअनुसार पर्यटकले स्याउ टिप्ने र खाने सुविधा छ । त्यसका लागि पर्यटकले रु दुई सयको टिकट लिएपछि बगैँचामा जान पाइन्छ । विशेष सावधानी अपनाएर स्याउ टिप्नु पर्ने र बोटमा कुनै क्षति भएमा सम्बन्धित व्यक्तिले रु एक हजार जरिवाना तिर्नुपर्ने नियम तोकिएको केन्द्र प्रमुख आत्रेयले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १० : १५ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्