भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प « Khabarhub

पाकिस्तानमा भारतको हवाई आक्रमण

भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त कश्मीर (पीओके) का ९ वटा स्थानमा हवाई आक्रमण ‘एयर स्ट्राइक’ गरेको छ । यी आक्रमणहरू मंगलबार राति १ः३० बजे ‘अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादसहितका स्थानमा गरिएको थियो ।

भारतले यी स्थानहरूबाट आतङ्ककारी हमलाहरूको योजना बनाउँदै आएको दाबी गरेको छ । पाकिस्तानका स्थानीय सञ्चारमाध्यमले बहावलपुरमा एयर स्ट्राइकपछि ३० जनाको मृत्यु भएको जनाए पनि यसकाे पुष्टि हुन सकेको छैन ।

समाचार एजेन्सी एएनआईका अनुसार, जैश–ए–मोहम्मदका ४, लश्कर–ए–तैयबा का ३ र हिज्बुल मुजाहिदीनका २ आतङ्ककारी केन्द्रहरूलाई निशाना बनाइएको भारतको दाबी छ ।

पाकिस्तानमा भारतको हवाई आक्रमण

पाकिस्तानमाथि भारतको आक्रमणपछि देशभरका हवाई उडानहरूमा असर परेको छ । श्रीनगरसहित ११ एयरपोर्टहरूमा उडान बन्द गरिएको छ । उडान रोकिएकामा जम्मु, श्रीनगर, लेह, चण्डीगढ, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर एयरपोर्टहरू छन् ।

भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाबीच पाकिस्तानको आकाशमा एउटा पनि जहाज उडेका छैनन् ।

यस्तै, भारतले पनि बढ्दो तनावका कारण पाकिस्तान सीमासँग जोडिएका राज्यहरूमा उडानहरू रद्द गरेको छ । जसमा जम्मु–कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, गुजरात र राजस्थान छन् ।

पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’

पञ्जाबमा विद्यालय बन्द
भारतस्थित पञ्जाबको पठानकोट, गुरदासपुर, फाजिल्का र फिरोजपुर जिल्लामा सुरक्षाका कारणले सबै विद्यालयहरू बन्द गरिएका छन् ।

फाजिल्का जिल्ला प्रशासनले विशेष आदेश जारी गर्दै सबै विद्यालयहरू अर्को आदेश नआएसम्म बन्द रहने जनाएको छ ।

भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ०७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर