भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प « Khabarhub

पाकिस्तानमा भारतको हवाई आक्रमण

भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त कश्मीर (पीओके) का ९ वटा स्थानमा हवाई आक्रमण ‘एयर स्ट्राइक’ गरेको छ । यी आक्रमणहरू मंगलबार राति १ः३० बजे ‘अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादसहितका स्थानमा गरिएको थियो ।

भारतले यी स्थानहरूबाट आतङ्ककारी हमलाहरूको योजना बनाउँदै आएको दाबी गरेको छ । पाकिस्तानका स्थानीय सञ्चारमाध्यमले बहावलपुरमा एयर स्ट्राइकपछि ३० जनाको मृत्यु भएको जनाए पनि यसकाे पुष्टि हुन सकेको छैन ।

समाचार एजेन्सी एएनआईका अनुसार, जैश–ए–मोहम्मदका ४, लश्कर–ए–तैयबा का ३ र हिज्बुल मुजाहिदीनका २ आतङ्ककारी केन्द्रहरूलाई निशाना बनाइएको भारतको दाबी छ ।

पाकिस्तानमा भारतको हवाई आक्रमण

पाकिस्तानमाथि भारतको आक्रमणपछि देशभरका हवाई उडानहरूमा असर परेको छ । श्रीनगरसहित ११ एयरपोर्टहरूमा उडान बन्द गरिएको छ । उडान रोकिएकामा जम्मु, श्रीनगर, लेह, चण्डीगढ, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर एयरपोर्टहरू छन् ।

भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाबीच पाकिस्तानको आकाशमा एउटा पनि जहाज उडेका छैनन् ।

यस्तै, भारतले पनि बढ्दो तनावका कारण पाकिस्तान सीमासँग जोडिएका राज्यहरूमा उडानहरू रद्द गरेको छ । जसमा जम्मु–कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, गुजरात र राजस्थान छन् ।

पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’

पञ्जाबमा विद्यालय बन्द
भारतस्थित पञ्जाबको पठानकोट, गुरदासपुर, फाजिल्का र फिरोजपुर जिल्लामा सुरक्षाका कारणले सबै विद्यालयहरू बन्द गरिएका छन् ।

फाजिल्का जिल्ला प्रशासनले विशेष आदेश जारी गर्दै सबै विद्यालयहरू अर्को आदेश नआएसम्म बन्द रहने जनाएको छ ।

भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ०७ बजे

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा

रास्वपाको विशेष बैठक जारी, विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विशेष बैठक जारी

केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गरिनेछः अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका

देउवाले विशेष महाधिवेशनेको कुरै सुन्न चाहेनन्, पुस मसान्तमा नियमितको तालिका ल्याउँदै कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका पुस मसान्तमा ल्याउने