पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन « Khabarhub

पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– भारतले पाकिस्तानमा गरेको आक्रमणप्रति चीनले पनि प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुर्भाग्यपूर्ण भनेका छन् ।

उनले भने, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ । हामी अहिलेको परिस्थितिबारे चिन्तित छौँ । भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन् ।’ 

चीनले आतङ्कवादका सबै प्रकारको विरोध गर्ने  पनि जनाएको छ । ‘हामी दुवै पक्षलाई अपिल गर्छौँ। उनीहरूले शान्ति र स्थिरतालाई प्राथमिकता दिनुपर्छ, चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘दुवैले संयम अपनाउनुपर्छ । यस्तो दुर्भाग्यपूर्ण कदम उठाउनु उचित होइन, जसले परिस्थितिलाई अझ जटिल बनाइदिन्छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाकिस्तानमा भारतीय आक्रमणलाई लाजमर्दो भनेका थिए । उनले दुवै पक्षलाई शान्तिका लागि अपील पनि गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : २४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २