पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन « Khabarhub

पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– भारतले पाकिस्तानमा गरेको आक्रमणप्रति चीनले पनि प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुर्भाग्यपूर्ण भनेका छन् ।

उनले भने, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ । हामी अहिलेको परिस्थितिबारे चिन्तित छौँ । भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन् ।’ 

चीनले आतङ्कवादका सबै प्रकारको विरोध गर्ने  पनि जनाएको छ । ‘हामी दुवै पक्षलाई अपिल गर्छौँ। उनीहरूले शान्ति र स्थिरतालाई प्राथमिकता दिनुपर्छ, चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘दुवैले संयम अपनाउनुपर्छ । यस्तो दुर्भाग्यपूर्ण कदम उठाउनु उचित होइन, जसले परिस्थितिलाई अझ जटिल बनाइदिन्छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाकिस्तानमा भारतीय आक्रमणलाई लाजमर्दो भनेका थिए । उनले दुवै पक्षलाई शान्तिका लागि अपील पनि गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : २४ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब