आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण « Khabarhub

आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षलाई जोडेर आर्थिक चलखेलसँग सम्बन्धित सूचना तथा समाचारमा ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन, आधारविहीन, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाएको हो ।

साथै बोर्डले पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँगै अत्तालिएर नियोजित रूपमा प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने विषयलाई निरुत्साहित पार्न खोजेको जनाएको छ ।

बोर्डले विज्ञप्तिमा भनेको छ– ‘यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनैपनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिनु भएमा सम्बन्धित उपर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : २० बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित