वडाध्यक्षले अधिकृतलाई हात हालेपछि पोखरा महानगरमा काम ठप्प  « Khabarhub

वडाध्यक्षले अधिकृतलाई हात हालेपछि पोखरा महानगरमा काम ठप्प 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने वडाध्यक्षबाट हातपात भएपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रेका छन् । घटना मंगलबारको हो । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । 

उनीहरूले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकामा क्रियाशील कर्मचारी संगठनहरुको तर्फबाट घोर भर्त्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घण्टा भित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराउँदछौ ।’ कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ । 

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरूकै अग्रसरतामा आन्दोलन भएको हो । 

आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेका हुन् । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका एक व्यापारीमाथि पनि दुर्व्यवहार गरेका थिए । 

पोखरा महानगरका मेयर धनराज आचार्यले यसबारेमा बिहीबार छलफल हुने बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ५३ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको