जनमुखी बजेट बनाउन एमाले शीर्ष नेताको सुझाव | Khabarhub Khabarhub

जनमुखी बजेट बनाउन एमाले शीर्ष नेताको सुझाव


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२ ८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा एमालेको शीर्ष तहमा छलफल भएको छ । नेताहरूले बजेट जनमुखी बनाउन सुझाव दिएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको शीर्ष नेताको बैठकमा बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो’, उनले भने, ‘बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिनुभएको थियो ।’

यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यले समय अभावका कारण सुझाव दिन नसकेपछि बुधबार एमाले शीर्ष नेताले बजेटबारे छलफल गरेका हुन् ।

कार्यालय सचिव डा. अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने नेताहरूको सुझाव थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र पद्मा अर्याल सहभागी थिए ।
 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ५३ बजे

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा