अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति : ओमान | Khabarhub Khabarhub

अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति : ओमान


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिका र यमनका हुथी विद्रोहीबीच युद्धविराम गर्न सहमति भएको यमनी मध्यस्थकर्ताहरूले जानकारी गराएका छन् । 

यो सम्झौताले रेड सीमा ‘आवागमन स्वतन्त्रता’ सुनिश्चित गर्नेछ जहाँ इरान समर्थित विद्रोहीहरूले महिनौँदेखि पानीजहाजमा आक्रमण गरिरहेका छन्।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोहीहरूले जहाजहरूलाई लक्षित गरी आक्रमण गर्न बन्द गर्न सहमत भएपछि संयुक्त राज्य अमेरिकाले हुथी विद्रोहीविरुद्ध आक्रमण अन्त्य गरिने बताएका हुन् । यद्यपि, उनले सहयोगी इजरायलमा हालैका आक्रमणहरूको प्रत्यक्ष उल्लेख गरेको छैन  । 

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले भने, ‘हालैको छलफल र सम्पर्कपछि तनाव कम गर्ने उद्देश्यका साथ दुई पक्षबीच युद्धविराम सम्झौता भएको छ।’

उनले भने, ‘कुनै पनि पक्षले अर्को पक्षलाई निशाना बनाउने छैनन् । सम्झौताले आवागमनको स्वतन्त्रता र रेड सीमा अन्तर्राष्ट्रिय व्यावसायिक सामान ढुवानीको सहज प्रवाह सुनिश्चित गर्दछ’, उनले एक बयानमा थपे ।

ह्वाइट हाउसमा ट्रम्पले सात हप्तालामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए । विद्रोहीका राजनीतिक नेता महदी अल मशातले सम्झौताबारे कुनै टिप्पणी नगरे पनि इजरायलको मुख्य विमानस्थलमा क्षेप्यास्त्र प्रहारको बदलामा इजरायलले गरेको घातक आक्रमणको ’पीडादायी’ जवाफ दिने वाचा गरेका थिए । 

हुथीका प्रवक्ता मोहम्मद अब्देलसलामले विद्रोहीको अल–मसिराह टेलिभिजन च्यानलसँग कुरा गर्दै अमेरिकाको कुनै पनि कदमको जवाफ प्राप्त हुने बताए। 

उनले भने,’यदि अमेरिकी शत्रुले आफ्नो आक्रमण फेरि सुरु गर्यो भने हामी आफ्नो आक्रमण फेरि सुरु गर्नेछौं ।’

उनले भने, ‘यो सम्झौताको वास्तविक प्रत्याभूति यमनमा अमेरिकाले भोगेको अँध्यारो अनुभव हो ।’ मशातले इजरायलमाथिको आक्रमण ‘जारी रहने’ र ‘इजरायली शत्रुले सामना गर्न सक्ने भन्दा बाहिर जाने’ बताएका छन्।

हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। यमनका विद्रोहीहरूले गाजा युद्धमा हालै दुई महिना सम्म चलेको युद्धविरामका क्रममा आफ्ना आक्रमणहरू रोकेका थिए।

 तर मार्चमा, उनीहरूले गाजा पट्टीमा इजरायलको सहायतालाई लीषत गरी गरिएको नाकाबन्दीको विरोधमा पानीजहाजमा आक्रमणहरू पुनः सुरु गर्ने चेतावनी दिएका थिए । 

अमेरिकी सेनाको प्रतिक्रियालाई निम्त्याएको थियो र यसका कारण अमेरिकाले विद्रोहीहरूलाई दैनिक हवाई आक्रमण गर्न थाल्यो। मार्चको मध्यदेखि अहिलेसम्म यमनमा एक हजारभन्दा बढी लक्ष्यमा अमेरिकी आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत हप्ता बताएको थियो । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ४१ बजे

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक

अमेरिकासँग तनावबीच चीन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा प्रदर्शन

राजविराज– प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष