प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन « Khabarhub

प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको बताएका छन् । 

गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिहरूलाई अनादर हुने प्रकारको रहेको र सुहाउँदो नभएको बताएका हुन् ।

उनले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राखे । प्रधानमन्त्री ओलीले निरङ्कुश कालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रह्मले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गरे ।

मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने र झुटलाई सही भनेर फैलाउने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्व अध्यक्ष विजय चालिसेलगायत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : २९ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा