‘फास्ट ट्रयाक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख’ « Khabarhub

‘फास्ट ट्रयाक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले रणनीतिक महत्त्वको सो आयोजना निर्धारित समयमा समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए।

‘द्रूतमार्गअन्तर्गत खोकना क्षेत्रमा मुख्य समस्या छँदैछ, तर त्यो खोकना क्षेत्रभित्र पनि क्रमशः प्रगति हुन थालेको छ’, काठमाडौँतर्फको प्रस्थान विन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे जानकारी दिँदै मन्त्री राईले भने, ‘काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन् । यसआधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ ।’

द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले त्यससम्बन्धी निर्णय भइसकेपछि उपत्यका बाहिर द्रूतमार्गको जमिनको कुनै समस्या नहुने स्पष्ट पारे।

द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस भएको मन्त्रालयले जनाएको छ ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी–किमाथांका सडकको ‘ट्र्याक’ खनिसकिएको जानकारी दिँदै मन्त्री राईले चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति हुने बताए। दार्चुला–टिङ्कर खण्डअन्तर्गत छान्ग्रुमा हेलिकोप्टरमार्फत ‘स्काइभेटर’ पुर्‍यfएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खन्न सुरु हुने उनको भनाइ छ ।

विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदानका बारेमा विश्वभरबाट प्रशंसा भइरहेको जनाउँदै उनले विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना क्रियाशील रहेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले रक्षा मन्त्रालयअन्तर्गतका आयोजनामा देखिएका समस्यालाई सरलीकृत गरेर लैजानुपर्नेमा जोड दिँदै समस्यालाई थप जटिलता हुन नदिने गरी काम गर्न आग्रह गरे। 

मन्त्रालयसँग सहकार्य गर्न आयोग सदैव तत्पर रहेको उल्लेख गर्दै उनले भने, ‘सँगसँगै जाऔँ, काम गरौँ, केही समस्या छन् भने समाधानका लागि आयोग तयार छ ।’

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो समय द्रुतमार्ग निर्माण तीव्र गतिमा अघि बढेको र उपलब्धि सन्तोषजनक रहेको जानकारी दिए । 

‘केही प्याकेजमा कालोपत्रको अवस्थामा पुगेका छौँ, कुनै प्याकेजमा पुल वारपार गर्न सकिने अवस्थामा पुग्दैछन्’, उनले भने ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, विभिन्न मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय योजना अयोगका प्रतिनिधिका साथै नेपाली सेनाअन्तर्गत विभिन्न विकास आयोजना तथा विभागीय प्रमुख सहभागी थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : २७ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू