‘बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन भने त्यसलाई रोजगारसँग जोड्न सकिँदैन’ « Khabarhub

‘बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन भने त्यसलाई रोजगारसँग जोड्न सकिँदैन’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजगारी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् । 

बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै मन्त्री भण्डारीले रोजगारीलाई सिपसँग जोडन सके देशभित्र पनि थुप्रै रोजगारहरू सृजना गर्न सकिने दाबी गरे । बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन त्यसलाई रोजगारसँग जोड नसकिने बताएका हुन । 

उनले भने, ‘बजारको माग अनुसार सिपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सिपयुक्त श्रमशक्ति हो ।’

मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरू एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए । सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस वा न्यूनतम ज्याला लगायतका विषयमा सहमतिमा साथ अगाडि बढ्नु पर्ने उनले बताए ।

उनले कुनै पनि पक्षले एक अर्कामाथि आरोप लगाए पन्छिन नमिल्ने जिकिर गर्दै सबै पक्ष जिम्मेवार भएर देखिएका समस्याहरू समाधान गर्नुपर्ने बताए । उनले भने, न्यूनतम ज्यालाका लागि एउटा त्रिपक्षीय समितिले काम गरी राखेका छन् । यो समितिले एउटा ठोस निष्कर्ष सहित न्यूनतम ज्यालाका सम्बन्धमा प्रस्ताव गर्नेछ । 

मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरूको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरू संशोधन हुने बताए । 

उनले सरकारले ल्याएको यस नीतिबाट औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकहरूको हकमा लागु हुने बताए । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ४७ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २