‘बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन भने त्यसलाई रोजगारसँग जोड्न सकिँदैन’ « Khabarhub

‘बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन भने त्यसलाई रोजगारसँग जोड्न सकिँदैन’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजगारी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् । 

बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै मन्त्री भण्डारीले रोजगारीलाई सिपसँग जोडन सके देशभित्र पनि थुप्रै रोजगारहरू सृजना गर्न सकिने दाबी गरे । बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन त्यसलाई रोजगारसँग जोड नसकिने बताएका हुन । 

उनले भने, ‘बजारको माग अनुसार सिपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सिपयुक्त श्रमशक्ति हो ।’

मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरू एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए । सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस वा न्यूनतम ज्याला लगायतका विषयमा सहमतिमा साथ अगाडि बढ्नु पर्ने उनले बताए ।

उनले कुनै पनि पक्षले एक अर्कामाथि आरोप लगाए पन्छिन नमिल्ने जिकिर गर्दै सबै पक्ष जिम्मेवार भएर देखिएका समस्याहरू समाधान गर्नुपर्ने बताए । उनले भने, न्यूनतम ज्यालाका लागि एउटा त्रिपक्षीय समितिले काम गरी राखेका छन् । यो समितिले एउटा ठोस निष्कर्ष सहित न्यूनतम ज्यालाका सम्बन्धमा प्रस्ताव गर्नेछ । 

मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरूको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरू संशोधन हुने बताए । 

उनले सरकारले ल्याएको यस नीतिबाट औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकहरूको हकमा लागु हुने बताए । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ४७ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ