उपत्यकाका स्ववियु सभापतिहरू सम्मानित  « Khabarhub

उपत्यकाका स्ववियु सभापतिहरू सम्मानित 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परिवर्तन अभियान नेपालले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ । 

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरूले ‘सामाजिक रूपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए । 

००७ सालदेखि ०६२-०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए ।

‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरू ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन,’ उनले भने । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक  मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनले अब आफ्नो दलले गरेको गलत निर्णयमा समेत खबरदारी गर्नुपर्ने बेला आएको बताए । 

‘राजनीतिक दल, अझ तपाईँहरूको मातृ पार्टीले गरेको निर्णय कार्यान्वयन नभए खबरदारी गर्नुपर्छ कि पर्दैन रु खबरदारी गर्ने कसले हो रु तपाईँहरूले होइन ? तपाईँहरू के हेरेर बस्नुभएको छ खबरदारी गर्नुपर्दैन ?,’ उनले भने ।
 
हरेक दलका भ्रातृ संगठनले माउ पार्टीले गरेको गलत निर्णयमा खबरदारी गर्नुपर्ने बेला आएकोमा जोड दिए । साथै पछिल्लो समय केही भएन भन्दै युवाहरूको निराशाको बिजारोपण गर्ने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई चिर्न समेत विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद एवं पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले विद्यार्थी सङ्गठनहरूले मातृ पार्टीलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । साथै आफूहरू विद्यार्थी रहँदा गरेको सङ्घर्ष स्मरण गर्दै आगामी आगामी पुस्ताले त्यसकै जगमा निर्माण भएको वर्तमान व्यवस्थाको रक्षा गर्नुपर्ने बताए । 

यता नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाले अब देशको नेतृत्व गर्न पछिल्लो पुस्ता सक्षम रहेको प्रकाश पारे । साथै उनले वर्तमान समयमा देशमा केही हुँदैन भनेर फैलाइएको निराशालाई वर्तमान पुस्ताले चिर्नुपर्ने बताए । 

अखिल क्रान्तिकारी को पुर्ब अध्यक्ष पन्चा शिहले समयअनुकूल विद्यार्थी राजनीति र परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले ००७ सालदेखि अहिलेसम्मको व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे प्रष्ट पारे । त्यस्तै अहिलेको अवस्थामा विद्यार्थी राजनीतिले नै केन्द्रीय राजनीतिलाई मार्गनिर्देश गरेको बताए । 

‘हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण थियो, छ र हुनेछ । त्यति मात्र होइन हरेक समयमा देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै गाइड गरेको देखिन्छ,’ भट्टले भने ।  कार्यक्रममा राजनीतिक विश्लेषक पिताम्बर भण्डारी, सविन तामाङ लगायतले आफ्नो बिचार राखेका थिय ।

आजको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसबाट निर्वाचित स्ववियु सभापतिहरुलाई सम्मान गरिएको थियो । काठमाडौंका विभिन्न क्याम्पसका करिब २ दर्जन स्ववियु सभापतिहरुलाई सम्मान गरिएको अध्यक्ष भट्टले जानकारी दिए । 

परिवर्तन अभियान नेपालले यसअघि पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ३३ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व